Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Jul 20, 2016

गुरू पुर्णिमा



मैले ११ मा पढ्न थालेपछि बल्ल व्हिलचियर चढ्न सुरु गरेको हु। त्यो बेला मैले अरु कोहि व्हिलचियर प्रयोग गर्ने मान्छे चिन्दिन थिए। त्यसकारण त्यसलाइ गुडाउने सहि तरिका के हो, मलाई थहा थिएन। साथीहरुले व्हिलचियर धकेल्दिन्थे, म खुरुखुरु त्यसमा बसेर गुड्थे।
त्यो बेला म पढ्ने कलेजले प्राय सबै भवनहरुमा व्हिलचियर जाने स्लोप बनाइदिएको थियो, तर ती मध्य कुनै चाहिँ अलि भिरालो थियो।

कलेज सुरु सुरु कै बेला तिर एकदिन म, ल्याबको भवन बाट तल ओर्लदै गर्दा व्हिलचियरबाट लडे। स्लोप अलि भिरालो थियो, पछाडीको साथीले पनि थाम्न सकेन र व्हिलचियर पल्टियो। त्यो बेला मेरो घुडा नै मर्क्यो। बिचरा व्हिलचियर धकिलिरहेको साथी त झन उस्को कारण म लडेको जस्तो गरेर धेरै आत्तियो। उसलाई सबैले सम्झाएर शान्त पारियो।

म ल्याब अगाडि नै लडेको हुनाले सरहरु पनि भेला हुनुभयो। त्यो बेला हामीलाई फिजिक्स पढाउने प्रकाश कोइराला सर हुनुहुन्थ्यो। वहाले मलाइ र मेरा साथीहरुलाइ सगै राखेर भन्नू भयो-"यसरी त फेरि पनि लडिन्छ, केही उपाय लाउनुपर्छ।"

हामी सबैले केहि न केही उपाय भन्ने कोसिस गर्यौ, तर त्यो कुनै न कुनै कारन ले अमिल्दो भयो। कसैले मलाइ सिट बेल्ट लाउदा नलड्ने बताए, त्यो अलि राम्रो उपाए भए पनि भिरालो मा व्हिलचियर नै पल्टिदा सिट बेल्टले गरेर झन धेरै चोट लाग्ने सम्भावना हुनेभयो। त्यो बेला केही उपाय ननिस्किए पछि प्रकाश सरले भन्नू भयो- ल म केही सोच्छु।

त्यको भोलि पल्ट प्रकाश सर खुसी हुँदै आएर भन्नू भयो- "अब सागर कहिले लड्दैन।"
अनि वहाले मेरो व्हिलचियरलाइ स्लोप भएको ठाउँ तिर लानु भयो, साथीहरु पनि आए। स्लोपबाट तल ओराल्दा वहाले व्हिलचियर लाई पछाडि फर्काउनु भयो र आफू चाहिँ अगाडि गएर तल झार्नुभयो। यसो गर्दा, भिर तिर म होइन, व्हिलचियरको पछाडीको भाग पर्ने भयो अनि व्हिलचियरलाई अगाडीको मान्छेले थाम्ने भयो। हामी सबै कस्तो छक्क पर्यौ। कति सरल उपाय रहेछ।

आज व्हिल्चियर चड्न थालेको यतिका वर्ष पछाडी मैले यो कुरा अरुलाइ भन्दा- यस्तो साधारण कुरा, जस्लाइ नि थहा हुन्छ नि भन्छ्न। उनीहरुले त्यसो भन्नू स्वभाभिक हो, आज यति धेरै मान्छेले व्हिलचियर प्रयोग गर्छन्, तिनीहरुलाइ हेर्दा नै धेरै कुरा सिकिन्छ। त्यसमाथी हामी सङ अहिले गोजीमै गुगल छ।

तर त्यो बेला यस्तो कुराहरु हाम्रो पहुच मा थिएन। हामीले जे कुरा सोध्नु परे पनि हाम्रो स्रोत भनेको गुरुहरु हुनुहुन्थ्यो। त्यो बेला हाम्रो अगाडि एउटा समस्या आयो र प्रकाश सरले त्यसको समाधान गर्न सिकाउनु भयो अनि म कहिले पनि व्हिलचियरबाट लडिन।

त्यो बेला मैले सिकेको कुरा- गुरु भनेको त्यस्तो व्यक्ति हो, जस्ले भुइँमा लडेको आफ्नो शिष्यलाई स्नेह पुर्वक उठाउछ र उसलाई अब आइन्दा त्यो ठाउ नलडी कसरी पार गर्ने भनेर सिकाउछ।

आज गुरु पुर्णिामा को दिनमा मलाइ धेरै ठाउमा लडेको वेला उठाउने र त्यो भन्दा धेरै ठाउमा लड्न नै नदिने प्रकाश सर लगायत मेरो जिन्दगीका सम्पुर्ण आदरणीय गुरुहरुमा हार्दिक नमस्कार गर्छु।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email