Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

May 9, 2015

बिना स्वार्थ मद्दत!



Sushil Adhikari carrying FM radio donated by Sagar Prasai

Sushil Adhikari carrying FM radio donated by Sagar Prasai

"सर एउटा सहयोग चाहिएको थियो।" बिहानै सुशील ले फोन गरे। सुशील अधिकारी, मेरा साथी हु्न्। आँखाले हैन मनले यो संसारलाई हेर्ने उनी दुख परेको ठाउँमा छेतो छडी टेक्दै पुगिहाल्छन्।
मैले सोधे-"भन्नुस न सुशिल जी।"
उनले भने-"म पढेको धुलिखेलको संजिबनी स्कुल भत्किएछ सर। धेरै जना दृष्टिबिहिन साथीहरू पढ्नु हुन्थ्यो त्यहाँ। अब अहिले होस्टेलको भवन चाहि केहि भएको रहेनछ। घर राम्रो हुने र सजिलै पुग्ने साथीहरू चाहि घर तिर लाग्नुभएछ तर केहि साथीहरू चाहि घर जान नमिल्ने भएर होस्टेल मै बसिरहनुभएको रहेछ।"
मैले भने-"अनि?"
उनले फेरी भने-"त्यहाँ निकै कुरा को अभाव रहेछ। हामीले हिजो अस्ति देखी खाध्यान्न देखी लिएर सरसफाईका धेरै सामानहरू सहयोग गरिसक्यौँ। अब सरलाई पनि एउटा दुख दिउ भनेर।"
मैले फेरी भने-"के को दुख र सुशिल जी! म के सहयोग गर्न सक्छु?"
सुशिलले भने-"सर त्यहाँ सँचारको सुविधाको अभाव रहेछ। दिनभेर विध्यार्थीहरू र शिक्षकहरूलाई समय काट्न गार्हो पर्ने रहेछ। फेरी खबरहरू पनि केहि थाहा नहुने। त्यसकारण त्यहाँ FM रेडियोहरू केहि थान दिन पाए हुने। सरले यति मान्छे चिन्नुहुन्छ, कतै बाट सहयोग मिलाईदिनुहुन्छ कि भनेर।"
यसरी अरुलाई सहयोग गर्ने सुशिलको यस्तो उत्साहले मलाई हरदिन प्रेरणा दिन्छ। कति असल यो मान्छे। मैले भने-"रेडियो किन्न नि अरूलाई भन्न पर्छ त सुशिल जी। कति वटा चाहिने भन्नुस न!"
उनले भने- "५ वटा भए हुन्छ सर।"
मैले भने-"हस म रेडियो को व्यवस्था गरेर तपाईलाई खबर गर्छु है। यति भनेर मैले फोन राखे।
त्यसपछी दिउँसो एउटा अनलाईन सपिङ्ग साईट बाट मैले दशवटा रेडियो सेट र तिनमा राख्ने ब्याट्रि किने र सुशिललाई भेटेर दिए। दिने बेलामा सुशिलले सदाको आफ्नो हँसिलो अनुहार अझ उज्यालो पार्दै भने-"यति भए त स्कुलका दृष्टिबिहिन भाई बहिनीहरू र शिक्षकहरूलाई सहज हुने भयो सर। देख्न नसक्ने मान्छेलाई केहि न केहि सुनिरहनुपर्छ, यो रेडियो भएपछि उनीहरूलाई मनोरन्जन पनि हुने भयो अनि सुचना पनि थहा हुने भयो। धन्यवाद सरलाई।"
मैले सुशिललाई भने- "धन्यवाद तपाईलाई चाहि। तपाईले गर्दा मैले अरुलाई सहयोग गरेवापत पाउने यो खुशी लिन सकेँ।"
सुशिलले मुस्कुराए मात्र केहि भनेनन्। झोलामा रेडियो र ब्याट्री राखे र बिदा भए।
मैले उनलाई पर पुगे सम्म हेरिरहे। मैले पहिला नै कतै पढेको थिए- "कसैलाई मद्दत गर्न, कुनै कारण चाहिदैन।" यो कुरा यो संसारमा सबभन्दा धेरै लागु गराउने मान्छे सुशिल नै हुन् भन्नेमा मलाई कुनै शंका भएन।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email