Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Feb 15, 2017

अलविदा सृष्टि!!



Sristi Bhandari

Sristi Bhandari

अलि दिन अगाडी मलाई मेरो एकजना साथीले फोन गरिन्। उनी अलि आँत्तिएकि थिईन्। त्यो दिन उनकी मामाकी छोरी (बहिनी) को अष्ट्रेलिया जाने प्लेन छुटेछ र सबैजनाले पिर लिईरहेका रहेका छन्। र मेरी साथीले मलाई अब के गर्नुपर्छ भन्ने थाहा छ कि भनेर सोध्नलाई फोन गरेकी रहिछिन्। मलाई त त्यो विषयमा केहि थाहा थिएन तर मैले हाम्रो अफिसको ट्राभल सम्बन्धी सबै कुराहरू हेर्ने एक जना दिदीको नम्बर उनलाई दिएँ।

केही दिन पछि नै मलाई थाहा भयो, कि तिनै दिदीसँग सल्लाह लिएर र वहाँले भने बमोजिम गरेर ती बहिनी भोलिपल्ट नै अष्ट्रेलिया गईछन्। उनीहरूले धेरै पैसापनि थप्न परेनछ। मेरी साथीले मलाई सहयोगको लागी धन्यवाद भनिन। मलाई पनि सानो सल्लाहले उनीहरूलाई सजिलो भयो भनेर खुसी नै लाग्यो।

तर यस बिचमा मलाई कहिले पनि ती अष्ट्रेलिया जाने बहिनीको बारेमा केहि थाहा भएन। यहाँ सम्मकी उनको नाम पनि थाहा थिएन। हिजो सम्म।
हिजो थाहा पाएँ- उनको नाम सृष्टि भण्डारी रहेछ। र १३ दिन अगाडी त्यसरी अष्ट्रेलिया पुगेकी सृष्टिको हिजो समुद्रमा डुबेर मृत्यू भएछ। मेरी साथीले रुदै मँसग यहि कुरा गर्दा म अति नै दुखी भएँ। उनलाई मैले ट्राभल एजेन्ट दिदिको नम्बर दिनु हुने रहेनछ जस्तो लाग्यो। सायद उनलाई समयले नै बचाउन खोजेको थियो की प्लेन छुटाएर जस्तो पनि लाग्यो।

तर मलाई थाहा छ- यो सब मन बुझाउने कुराहरू हुन्। जाने मान्छे गएरै छोड्छन्। र जति नै कोसिस गर्दा पनि- हामी कसैले पनि मृत्यूलाई जित्न सक्दैनौँ।

हरेक मध्यम वर्गीय परिवारको जस्तै सृष्टिको परिवारको पनि उनी विदेश उडेपछि का थुप्रै सपना र आशाहरू थिए होलान्। सृष्टि गए सँग ती सब सपनाहरू पनि कमजोर बन्ने छन्। हुन त सृष्टि नै नभएपछि उनको परिवारलाई हामीले के दिन सक्छौँ र, तर उनको परिवारलाई केहि सहयोग होस् भनेर उनका साथीहरूले केहि रकम जुटाउँदै रहेछन्। कृपया सक्नेले त्यो अभियानमा सहयोग गरिदिनु होला।

सहयोगको लागी लिङ्क: https://www.gofundme.com/help-shristhi-bhandari

सृष्टि तिमीलाई मैले चिनेको छैन। तर नचिनेरै पनि, म तिमी जाँदा रोएँ। तिम्रो आत्माले शान्ति पाओस्। अलविदा!


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email