Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Nov 23, 2015

मैथिली नही आवैछि, नेपाली आवैछी!



"नानी, तिमिलाई मैथिली मा बोल्न आउछ?"
काठमाडौमै घर बनाएर बसेका जनकपुरका एकजना मित्रकी सानी छोरीलाई मैले केही दिन अघि सोधेँको थिए।
"आउदैन। नेपाली मात्रै आउछ।" उसले हतार हतार भनी।
मैले उसलाई फेरि एक्छिनमा जिस्काउदै टुटेफुटेको मैथिली भाषामा सोधेँ-"मैथिली आवैछी?"
उसले स्पष्ट लवजमा भनी-"नहि आवैछी। नेपाली आवैछी।"
मैले हास्दै भने-"उ आउने रैछ त अनि।"
त्यो सानी नानी आफ्नो चोरी समातिए जस्तो गरि अध्यारी भइ र भनी-"ममिलाई नभन्दिनु है अंकल मैथिली बोलेको।"
मैले अचम्म मान्दै सोधे - "किन?"
उस्ले भनी-"ममिले काठमाडौमा नेपाली मात्रै बोल्नु भन्नुभएको छ। जनकपुरमा मात्रै बोल्ने रे मैथिली।"
मैले झन छक्क पर्दै सोधे-"किन त त्यसो भन्या तिम्रो ममिले?"
उस्ले एकदमै केटाकेटी पारामा भनी-"छ नि। मैथिली बोल्दा मान्छेहरुले जिस्काउछ के।"
मैले सोधे-"के भनेर?"
उस्ले केही बोलिन। मैले फेरि सोधेँ-"भनन। म भन्दिन तिम्रो ममिलाइ।"
उस्ले भनी-"कसैलाई नभन्नु।"
मैले भने-"हुन्छ भन्दिन।"
"प्रोमिस?"-उस्ले भनी।
मैले उस्ले भनेको कसम खाए र भने-"ल भन अब।"
उस्ले सासले मात्रै बोली-"मधेसी!"
उस्को आवाजले हैन, उस्को मुखको चालले मात्र मैले उस्ले भनेको बुझे।
म निशब्द भए। के भन्ने भनेर सोच्न नै सकिन।
"प्रोमिस गर्या कुरा कसैलाई भन्न हुदैन नि। नत्र भग्वान रिसाउनु हुन्छ।"- उस्ले भनी ।
"हस कसैलाइ भन्दिन।"- मैले बिस्तारै भने।
अलि बेर पछि म घर फर्किए। तर घर आएपछी पनि मलाइ त्यो सानी नानीको कुराले झक्झकाइ रह्यो।
यो कुरा कसैलाई भन्दिन भने पनि तपाईहरुलाइ सुनाउदैछु। त्यो सानी साथी सङ्ग खाएको प्रोमिस तोडेर आज यहाँ यो कुरा यसकारण लेख्दै छु कि- हामी अब उपरान्त कसैले पनि आफ्नो भाषा बोल्यो भनेर कसैलाइ नजिस्काउ। आफ्ना साना छोराछोरीलाई र भाइ बहिनीहरुलाइ पनि यस्तो गर्न हुदैन भनेर सिकाउ। हामीले त्यति गर्न सक्यौ भने, त्यो सानी नानी र उ जस्ता अरु धेरैले आफ्नो मातृभाषा बोल्न डराउनु पर्ने छैन।
ल है, प्रोमिस भो है त। त्यो सानी नानी ले भने जस्तै- प्रोमिस तोडनु हुदैन नि, नत्र भग्वान रिसाउनु हुन्छ।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email