Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

May 2, 2015

प्रधानमन्त्री दैवी प्रकोप राहत कोष के हो र के होईन?



अहिले प्रधान मन्त्री दैवी प्रकोप राहत कोष का विषयमा धेरैलाई अन्योल छ। मलाई पनि यस कोषका बारेमा धेरै कुरा थाहा थिएन। हामी सबै आँतिएका थियौ- के अब राहत कोष को पैसा नेताले खान्छन्? के पिडितले साच्चिकै राहत पाउलान् त? आदि।
आज राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्लेले आफ्नो फेसबुकमा यस कोषका बारेमा प्रस्ट सँग सवै कुराहरू खुलाएर पोस्ट गर्नुभएको रहेछ। त्यो पोस्ट पढे पछि मेरा पनि धेरै जिज्ञाशाहरू मेटिए र मन अलि शान्त पनि भयो। त्यसकारण यस्तो महत्वपुर्ण जानकारी सबैले पढ्नुपर्छ भनेर मैले वहाँको पुरै पोस्टलाई नेपालीमा अनुवाद गरेर यहाँ प्रस्तुत गरेको छु। (वहाँले लेख्नुभएको अँग्रेजी पोस्ट यहाँ पढ्न सकिन्छ: http://setopati.net/opinion/6408/)

प्रधानमन्त्री दैवी प्रकोप राहत कोष के हो र के होईन?
१. प्रधानमन्त्री तथा वहाँको पार्टिको यो कोष सँग कुनै पनि सम्बन्ध हुदैन। प्रधानमन्त्री आफैले समेत यहाँ जम्मा भएको रकम चलाउन पाउनुहुन्न। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा नेपाल सरकारका ८ जना सचिवको गोपनीय निर्णयबाट मात्र यो कोषमा जम्मा भएको रकम परिचालित हुन्छ।
२. यो पुर्णतया राहत कोष हो। यो कोषमा जम्मा भएको रकम प्रत्यक प्रकोप पिडित जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारीका माध्यमबाट परिचालित हुन्छ र कर्मचारीतन्त्रका कारण हुने ढिलासुस्ती रोक्न "फास्ट ट्रयाक" पद्दति लागु हुन्छ।
३. यो कोषमा जम्मा भएको रकम चन्दा दिन वा अन्य कुनै प्रशासनिक खर्च र ओभरहेड तथा कर्मचारूहरूको तलबसुबिधामा खर्च गर्न पाईदैन। (जस्तै हेलिकप्टरमा चढेर उडेको खर्च यस कोषको रकम बाट बेहोरिदैन।
४. यो कोष प्रधानमन्त्री सहायता कोष भन्दा बिक्लुकै फरक कुरा हो। प्रधानमन्त्री सहायता कोषको रकम चाहि प्रधानमन्त्रीको निर्णयका आधारमा खर्च गर्न सकिन्छ (तर प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको सकिदैन।)
५. यो कोषमा रकम दुरुपयोग हुने सम्भावना छदै छैन त? अन्य सबै ठुला दाताहरू जस्तै विश्व बैङ्क, एसियाली विकास बैंक, अमेरीकि र बेलायति सहयोग नियोग र गैरसरकारी सँस्थाहरूको रकमहरू सबैमा जस्तै यो कोषमा पनि रकमको चुहावट वा हिनामिना हुने सम्भावना रहन्छ।
तर यस्ता दुरुपयोग र चुहावट बाट यस कोषलाई बचाउन यसको नियमित लेखापरिक्षण गर्नुपर्ने प्रावधान छ र यस्तो लेखापरिक्षण महालेखा परिक्षकको कार्यलयबाट गरिन्छ। यस कोषको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि परिक्षण गर्न सक्छ र फट्याई गर्नेहरू जेल पनि जान सक्छन्। (प्रधानमन्त्री दैवी प्रकोष राहत कोष संचालन नियमावली यहा हेर्न सकिन्छ: (http://opmcm.gov.np/.../cm.../file/niyamawali_20110717014805.pdf)
६. नेपाल सरकारले सम्भवत यस कोषको पारदर्शीताको लागी यसमा स्वतन्त्र अडिटको वयवस्था पनि गर्नेछ।
७. यो कोषमा केन्द्रिय स्तरमा कुनै पनि राजनैतिक दल वा नेताहरूको पहुँच हुने छैन। मेरो व्यक्तिगत विचारमा जिल्ला तहमा यस कोषबाट वितरण हुने रकमको दुरुपयोग रोक्न चाहि नागरीक समाज तञा मिडियाले खबरदारी गर्ने र कर्मचारीहरूलाई उत्तरदायी वनाउन कडा प्रश्नहरू सोध्नुपर्ने हुन्छ।
८. यस कोषमा जम्मा भएको सबै रकमहरू (भुटानले दिएको १० लाख डलर समेत) यसको वेभसाईटमा डाउनलोड गर्न मिल्ने गरी राखिएको छ। (http://pmrelief.opmcm.gov.np/contributors.aspx)
९. यी सबै तथ्यहरूको अगाडी, एउटा अँग्रेजी अखबारमा छापिएको कुरा "राहतको रकम राजनैतिक दलहरू तिर पठाईयो" सम्पुर्ण रुपमा गलत र असत्य छ। (http://www.telegraph.co.uk/.../Nepal-aid-donors-may-halt-fund...)
१०. यस कोषको बारेमा थप स्पष्ट हुनलाई यस कोषका संयोजक राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष प्रा. डा. गोविन्द राज पोखरेलको मोबाईल नं ९८५११००४०७ वा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयका सचिव श्री नारायण गोपाल मलेगो को मोबाईल नं ९८४१५१६५०५ मा सम्पर्क गर्न सकिन्छ।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email