Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Feb 28, 2015

नराम्रो कुरा हुन्छ होला!



केही दिन अघि म चिया पिउन एउटा सानो पसल मा पुगे। त्यो चिया पसल एकदमै भिड रहेछ। प्राय सबै टेबुल कुर्सी हरु प्याक थिए। एउटा कुना मा रहेको टेबुलको एका पट्टिको खाली ठाउमा मैले मेरो व्हीलचेयर रोके अनि चिया मगाए।
त्यही टेबुलमा रहेका अर्का एकजना मान्छेले चाहिँ चुरोट मगाए। म चुरोट पिउदिन र चुरोट को धुवाँले वाक्क पनि मान्छु। त्यसकारण ती छेउमा बसेका मान्छेले चुरोट मगाएपछी मलाइ कस्तो सकस भयो। यहाँ चुरोट नखानुस न भन्दा पसले दाइले बरु तपाईं जानुस भन्लान भन्ने डर किन भने उन्को त ब्यपार नै चिया र चुरोटको हो। त्यसैले केही पनि भनिन बरु मनमनै कुरा खेलाउन थाले- "यहाँ आनन्द ले चिया पिउन आको अब चुरोटको धुवा खाने भए, अब मलाई त्यही धुवा ले टाउको दुख्छ होला, आफुले जिवनमा चुरोट नखाएर के गर्नु यसरि बिना गलती अर्काले फ्याकेको धुवा ले फोक्सो खाने भो आदि।" यस्ता विविध कुर सोच्दा सोच्दा म उदास भएछु।
तर यतिकैमा मेरो नजर अगाडि टेबुलमा रहेको पत्रीकामा पर्यो। मलाई मनपर्ने लेखकको एउटा कविता छापिएको रहेछ। म चिया पिउदै कविता पढ्न थाले। बडो मजा भयो।
"दाइ अलिकति.."- आवाजले म झस्के। यसो हेरेको त अघि मेरो छेउ मा बसेका मान्छेले निस्क्नलाइ थोरै बाटो मागेका रहेछन। मैले व्हिलचियर पछडी सारेर उन्लाइ बाटो दिए र सोचे- "ए यिन्ले त चुरोट पिएर घर पो जान लागेछ्न। मैले त थाहा नै पाइन त।" अनि मैले अघि गरेको चिन्ता सम्झिए र मनमनै हासे।
त्यो दिन घर फर्कदा मैले एउटा कुरा बुझे- "हामी जिन्दगीमा कुनै नराम्रो कुरा घटेर भन्दा पनि यस्तो नराम्रो कुरा हुन्छ होला भन्ने सोचेर बढि उदास हुने रहेछौ। तर यथार्थमा हामीले हाम्रो जिवननै दुखी बनाउने भनेर ठानेका कति धेरै कुरा हामीले थाह नै नपाइ बित्ने रहेछन।" smile emoticon
(हरेक कुरामा गल्ति खोज्ने बानी पर्नुभएका मेरा केही मित्र हरुले थोरै मात्रै विचार गर्नु भयो भने पनि सजिलै बुझ्नुहुनेछ, यो स्टाटसमा मैले चुरोट पिउने कुराको समर्थन गरेको हैन। त्यो त फगत एउटा बिम्ब हो।)


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email