Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Sep 27, 2015

देशलाई हाम्रो खाँचो छ



A young girl working in rebuilding Nepal holding a banner saying we will rebuild again

A young girl working in rebuilding Nepal holding a banner saying we will rebuild again

भुकम्प गए लग्गतै केही फोटोग्राफर साथीहरू सामुहिक रुपमा सहयोगको कार्यमा लागे। वैशाख १२ लगत्तै तीन दिन सम्म यिनीहरू शिक्षण अस्पतालमा खटिए- पानी र औषधीको व्यवस्थापनमा सघाए। भुकम्पीय क्षति एकदमै धेरै भएको र आफुहरूले पनि सहयोग को लागी धेरै काम गर्नुपर्ने बुझेपछि यी युवाहरूले चौथो दिन, एउटा समुह बनाए- देशलाई हाम्रो खाँचो छ।
त्यसपछि उनीहरू बुङ्गमति, खोकना, साँखु, किर्तिपुर, लेले र हरिसिद्धिमा पुगेर त्यहाँका मान्छेहरूलाई सरसफाई र प्राथमिक उपचारमा सहयोग गरे। उनीहरुले ती स्थानहरूमा मान्छेहरूका भत्किएका घरमा पुरिएका अन्नपात र सरसामान निकाल्न पनि सहयोग गरे।
यसरी १ महिना बित्यो। तर यी युवाहरूको जोश हराएन। त्यसपछि उनीहरू निर्माणमा जुटे। उनीहरूले अहिले सम्म बुङ्गमति ९ वटा अस्थायी बासस्थान बनाए जहाँ २३ परिवार बसिरहेका छन्। अहिले उनीहरू छत्रे देउराली, धादिङ्गमा घरहरू बनाईरहेका छन्। उनीहरूले त्यहाँ १७ वटा घर बनाईसके भने अरू थुप्रै बनाउँदैछन्- बनाउनेछन्।
फोटोग्राफरहरूले प्राय सधै राम्रा प्राकृतिक र मनोरम ठाउँ अनि भव्य एतिहाँसिक धरोहरहरूको फोटो खिच्न रुचाउँछन् – ताकी त्यसता तस्बिरहरूबाट सँसारभर सुन्दरता र मिठास फैलाउन सकियोस। तऱ यो पल्ट देशको नवनिर्माणमा योगदान दिन खटिएका यी फोटोग्राफरहरूलाई यस्ता मनोरम ठाउँ भन्दा सुन्दर मान्छेहरूको हृदय भित्र रहेको असलता लाग्यो। र यिनीहरूले थुप्रै मनछुने तस्बिरहरू पनि खिचे।
छत्रे देउराली मा थप घर बनाउनको लागी सहयोग जुटाउन र हामी सबैलाई दुखमा परेर पनि हार नखाएका नेपालीहरूको विशाल मनको असलता देखाउन- अहिले उनीहरूले एउटा फोटो प्रदर्शनीको आयोजना गरेका छन्। आर्ट काउन्सिल, बबरमहलमा असोज १२ (पर्सी) सम्म हुने यस प्रदर्शनीमा गएर सकेदेखी उनीहरूले खिचेका तस्बिर किनिदिउँ- ताकी उनीहरूले अरू घर बनाउन सकुन्। नभए पनि ती तस्बिरहरू हेरौँ र यी युवाहरूलाई मनबाट धन्यवाद भनौँ।
अहिले देशको परिस्थिति अफ्ट्यारो छ। एकातर्फ नया संविधानको खुशी छ भने अर्को तर्फ राजनैतिक अन्योलता छाएको छ। तर यसरी अन्य कुराहरूमा अल्झिदै गर्दा पनि हामीले यो भुल्नु हुदैन कि- लाखौ नेपालीहरूको घर भत्किएको छ। उनीहरू आज पनि ओत लाग्ने ठाउँ छैन। उनीहरूलाई हाम्रो खाँचो छ।
अझ स्पष्ट भन्दा- देशलाई हाम्रो खाँचो छ।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email