Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Nov 29, 2015

डेरा भए पो छोडेर जाने, देश हो!



"दाई म नेपालमै जन्में, मेरो बुवा यहि जन्मिनु भयो। हजुरबुवा जवान हुँदा नेपाल आउनुभा'को व्यापार गर्न। मेरो नेपाली नागरीकता छ। काठमाडौँमा नै मेरो घर छ।"
यति भनेर उ टक्क अडियो। म उसले अगाडी के भन्ला उसलाई हेरीरहे।
हातमा बोकेको चियाको एक सर्को पियो र बोल्यो-"तर दाई, जब नेपाल र ईन्डिया बिच केहि खटपट हुन्छ नि, सबले हामीलाई भिलेन सोच्ने के दाई!"
उ फेरी एकछिन केहि बोलेन। मलाई लाग्यो उ मलाई उसको कुरालाई पुरै एभ्सर्ब गर्ने समय दिदै छ। तर उ निकै बेर बोलेन।
हामी बिचको सुन्यताले मलाई कस्तो अफ्टेरो बनायो। मैले नै बोल्न सुरू गरेँ-"हामी.."
मेरो कुरा काट्दै उ नै फेरी बोल्यो-"हाम्रो बाजे उता बाट आए। कल्चर उतैको सँग मिल्छ। लवज तपाईँहरूको भन्दा फरक होला दाइ, भाषा उहि त हो। तपाईहरू तिहार भन्नु हुन्छ, हामी दिवाली भन्छौँ। अब यति फरक मै हामी देशदोह्री भयौँ त दाई?" उसले म तिर सिधा हेर्यो र भन्यो-"कहिले काँहि त सार्है चित्त दुख्छ दाई।"-
मसँग उसलाई सान्त्वना दिने शब्दहरू थिएन। कुरा अर्कै तिर मोड्दा अलि सजिलो होला कि भनेर मैले सोधे-"तिमी त स्टेट्समा थियौ, हैन र? कहिले फर्कियौ?"
"मास्टर्स सकाएर फर्किए दाई, १ बर्ष भयो। देशमै आईटिको बिजनेस गर्ने सोचे। बुवाले पनि भन्नुभयो, यतै आउ, म लगानी गर्दिन्छु। पछि कमाएर तिर्छु भन्ने सोचेँ।"
उसले फेरी चिया पियो र भन्यो- "व्यापार पनि चौपट छ दाई, सुरूमा भईचालो आयो, अब अहिले यी यो नाकाबन्दी।"
उसले अगाडी भन्यो- "आधा दिन त दाई आजकल- तेल कस्ले बेच्छ भनेर खोजी गर्दा बित्छ। अनि के को काम गर्नु।"
"अस्ति एक ठाउँमा ल्यापटपको अर्डर थियो। पुर्याउन अलि ढिलो भयो। तेल अभाव छ, त्यहि भएर ढिलो भयो भनेको, भन्नुपर्यो नि मोदिलाई, तपाईहरूले भन्दा त सुन्छ कि भन्छन्। म त मान्छेहरूको सोच देखेर छक्क पर्छु। हाँस पनि उठ्छ।" उ फिस्स हाँस्यो।
"अब अगाडी के गर्छौ त?" - मैले निराश हुँदै सोधे।
"कोठा भए पो सरेर अन्त जाने भन्नु दाई। घर छ, आफन्त छन्, साथी छन, देश छ, यो सब छोडेर कहाँ जानु!" उसले अब अलि उत्साहित हुँदै भन्यो-"सधै यस्तो नहोला नि त दाई! हाम्रो देश पनि त अघि बढ्ला नि त !"
मलाई उसको कुराले कस्तो आनन्द दियो, उत्साह भरेर भने-"किन नबढ्नु। स्योर बढ्छ। हामी बढाउनु पर्छ।"
उसले भन्यो-"दाई सँग कुरा गर्दा यहि मजा लाग्छ के मलाई। ल दाई जाडो छ, एक कप अरू चिया पिलाउनुस् यार!"
हामी फेरी गफिन थाल्यौँ।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email