Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Sep 9, 2015

को कति असल



"तपाईं बहुत असल मानिस हुनुहुन्छ यार!" कुराको सिलसिलामा उसले भन्यो।
"किन र!" मैले उनलाई प्रस्न गरे।
"तपाईको फेसबुकमा फलोवर छु। तपाइँको स्ट्याटस बाट नै थाहा हुन्छ नि।" उस्ले उत्तर दियो।
"त्यसरी त कसरी थाहा हुन्छ र। मैले असल जस्तो देखिने प्रयास पनि त गरेको हुन सक्छु नि त्यस्तै खाले पोस्ट हरु गरेर।" मैले भने।
उस्ले हातमा बोकेको चियाको सुरुप्प पर्यो र भन्यो- "त्यसरी अरु झुकिन्छ्न होला सर, म हैन।"
उसको कुरा सुनेर मैले केही भन्न लाग्या थिए- फेरि उस्ले नै भन्यो- "म मान्छेले लेखेको पढेर, उस्को मन सम्म पुग्न सक्छु। त्यो मेरो एउटा खुवी हो।"
"अलि बढी भयो कि सर!" मैले हास्दै भने।
मैले हासेको देखेर उनी त रिसाए पो। रुखो स्वर मा भने- "ल भैगो नि त। तपाइँ एक नम्बरको खराब मान्छे।"
यति भनेर उनी जुरुक्क उठे। र फेरि भने-"आजकल त मान्छेलाई राम्रो पनि भन्नू हुँदैन।"
उनी रिसाए पछि मलाइ नराम्रो लाग्यो र नम्र भएर भने- "ओहो तपाईं त रिसाउनु भयो। मैले तपाइको कुरा नपत्याको होइन। मलाइ माफ गर्दिनुस।
मैले यति भन्ने बितिकै, उनले हास्दै भने-"ल देख्नु भयो त तपाईं कति असल हुनुहुन्छ। म रिसाए भनेर हत्पत माफी माग्नु भयो जबकि तपाइको केही गल्ती पनि थिएन। मैले त यही प्राक्टिकल्ली प्रुभ गर्दिउ भनेर यसो रिसाइदेको। अब थियोरिटिकल्ली मात्रै तपाइले मानु भएन।"
यति भनेर उ बहुत जोड ले हास्यो र फेरि अघि बसेकै कुर्सीमा बस्यो। मजाले हासी सकेपछि भन्यो- "ल यार, अब एक कप चिया पिलाउनुस। अघि को त कहाँ पुग्यो पुग्यो।" उ फेरि हास्यो अनि भन्यो-"कि कसो?"
मैले भने-"तपाईं त प्रयाक्टिकल्ली पनि फेल हुनुभयो। मैले खास माफी मागेकै हैन। माफिमागे जस्तो गरेको। तपाईं त फेरि झुकिन्नु भयो।"
मेरो कुरा सुनेर उनी खिसृक्क परे। बिस्तारै भने-"साच्चिकै भन्नू भा हो र सर।"
यसपाली हास्ने पालो मेरो थियो। मजाले हासे। अनि फोन निकाले, छेउको चियापसलको दाइको मोबाइल मा फोन गरे र भने-"दाइ ल यहाँ फेरि दुई कप चिया ल्याइदिनु त।" यति भनेर उ तिर हेरे, उ अझै निन्याउरो नै थियो।
फोनमा भने-"अलि मिठो है।"


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email