Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Apr 11, 2015

असाध्यै सज्जन कि असाध्यै खराब!



१ बर्ष जति अगाडी को कुरा हो- त्यो बेला म अमेरिकाको बोस्टन शहरमा बस्थेँ। एकदिन सबैरै एकजना मान्छेलाई भेट्नु पर्ने थियो। बोस्टनमा बल्ल विन्टर सुरू हुदै थियो तर नेपालको पनि तराईमा हुर्केको मलाई त त्यो मौसम यहाँ माघको जाडो भन्दा तिन गुना बढि चिसो लाग्थ्यो। हावा चल्दा- हात ठिहिर्याएर औँलाहरू झरेर गएझै आभास हुन्थ्यो।
म बिहानको ८ बजे तिर गम्म लुगा, पन्जा, टोपी लगाएर ती व्यक्तिले भेट्न बोलाएको एउटा कार्यलय रहेको भवनमा आईपुगेँ। त्यो भवन को मुख्य ढोकामा एकजना मान्छे टुक्रुक्क बसेका थिए। उनले एउटा सर्ट र पाइन्ट मात्र लगाएका थिए। उनको कपाल पनि जिङ्ग्रिङ्ग थियो। मलाई देखे पछि जुरूक्क उठे र भने- "आज एकदमै चिसो छ सर। कृपया तपाईसँग अलिकति खुद्रा पैसा छ भने मलाई दिनुस् न कफी किन्नका लागी।"
मलाई मेरी अमेरिकी घरबेटी आमैले यस्ता खाले मान्छेहरूको बारेमा बताएकी थिइन्। उनका अनुसार यीनीहरू घर-थरको ठेगान नभएका "होमलेस" हरू हुन् रे- जो असाध्यै फटाहा हुन्छन् रे। उनीहरूले पैसा मागेर- ड्रग्स खाने र माग्दा नदिए लुटेर सम्म लान सक्छन् रे। मलाई ती आमैले यस्ता "होमलेस" सँग सावधान हुन भनेकी थिईन।
मैले त्यसकारण मेरा अगाडी रहेका ती मान्छे पनि पक्कै आमैले भने जस्तै फटाहा मान्छे होलान् भन्ने सोचे। त्यस कारण उनीसँग केही नबोली अगाडी बढे। ती व्यक्ति पछाडी पछाडी आए र मलिन स्वरमा भने- "सर प्लिज। मलाई असाध्यै भोक लागेको छ।"
मैले उनलाई फर्केर हिडे। उनी जाडोले कामे जस्तो लाग्यो। उनले फेरी भने- "म खराब मान्छे हैन। एक महिना अगाडी सम्म मेरो जिवन ठिकै चल्दै थियो। अचानक कम्पनीले मान्छेहरू हटाउन थाल्यो- मेरो पनि जागिर गयो। अहिले नि खोज्दै छु। केही समयमा फेरी ठिक हुन्छ होला।" यति भनेर उनी फिस्स हाँसे।
मलाई के भन्नु भन्नु भयो। ती मान्छे असल हुन् कि खराब छुट्टाउनै सकिन। सोचे-"आ! जे सुकै होस्। यस्तो चिसो छ- कफी सम्म खाने पैसा दिन्छु। धर्म नै हुन्छ।"
यति भनेर मैले उनलाई पाँच डलर दिए र भने- "हेर्नुस म पनि अर्काको देशबाट केहि समयको लागी यहाँ आको हुँ। यो पैसा धेरै दुखले कमाको छु। कृपया मेरो विश्वास नतोड्नु होला- कफि नै पिउनुहोला है। अनि बरू थोरै केहि खानु पनि।"
उनले पैसा लिए र केहि नभनि त्यहाँबाट गए। मैले उनलाई हेरे- अगाडी गएर यसो एउटा सानो बाटो तिर पसे। मलाई लाग्यो- पैसा लिएर हिड्यो। अब कहाँ गएर के खाने हो। बेकार दिएछु पैसा।" म पनि ती मान्छेलाई भेट्न त्यो भवन भित्र लागेँ।
आधा घन्टा जति पछाडी म मेरो काम सकेर त्यो भवनबाट बाहिर निस्किदा ती अघिका मान्छे त्यहि बसेका रहेछन्। मलाई देखेपछि फेरी जुरुक्क उठे र छेउमा आएर, मलाई एउटा कागज दिदै भने- "मैले एक कप कफि र एउटा डोनट खाए सर।" त्यो कागज पसलको बिल रहेछ। उनले फेरी भने- "अलि पर एउटा पसल छ, त्यहाँ मलाई अलि सस्तोमा खान दिन्छ।" अनि उसले केही सिक्का गोजीबाट निकालेर मलाई दिदै भन्यो- "यति पैसा फिर्ता आयो सर।"
मैले त्यो पैसा लिईन। मैले उनलाई केहि नभनि हेरीरहेँ। उनले नै भने- "म खराब मान्छे हैन सर।" मलाई के भन्नु भन्नु भयो, उनको हात समातेँ र भने- थ्याङ्क यु साथी। उनी मुस्कुराए र भने- "तपाईलाई थ्याङ्क यु सर, मलाई विश्वास गर्नुभयो।" म त्यसपछि उनीसँग बिदा भएर घर तिर लागेँ।
मैले त्यो दिन बुझेको कुरा- "हामी सधै भरी सहि नहुने रहेछौँ। हामीले असाध्यै खराब सोचेका मान्छे पनि कहिलेकाहि असाध्यै सज्जन हुन सक्नेरहेछन्।"


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email