Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Aug 6, 2017

मित्रता दिवस!



Ryan and Me at Seoul, Korea

Ryan and Me at Seoul, Korea

कोरीया आइपुगेको एक हप्ता भईसकेको थियो। अरू सबै कुरा सजिलै भए पनि मलाई खानामा बहुतै अफ्ट्यारो परेको थियो। हाम्रो स्वाद भन्दा विल्कुल फरक स्वादका हुने कोरियन खाना मैले राम्ररी खानै सकेको थिइन।

त्यसैले कार्यक्रम बाट छुट्टी मिलेको एउटा आइतबारको दिन मलाई सहयोग गर्न भनेर मसँग बसेका कोरीयन भोल्यून्टर रायनलाई नेपाली खाना खान जाउँ न भनेर अनुरोध गरे।

उसले मान्ला कि नमान्ला भनेर मलाई पिर लागेको थियो। किनभने मलाई कार्यक्रमभर सहयोग गर्नु उसको दायित्व भएपनि मलाई यसरी बाहिर लान उ बाध्य थिएन। त्यो त उसको पनि छुट्टीको दिन थियो।

तर रायनले सजिलै मान्यो। उ त झन् "तिमी र म मजाले घुम्ने" भनेर खूशी पो भयो। त्यो साँझ रायन र म होंगी स्ट्रिट भन्ने ठाउँमा गयौँ। नेपालबाट आएका अन्य मेरा साथीहरू भेट्यौँ, केहि बेर पसलहरू घुम्यौँ, किनमेल गर्यौँ र एउटा नेपाली रेस्टुरेन्ट मा टन्न दाल-भात खायौँ।

त्यहाँबाट फर्केर होटल जानेबेलामा एकदमै ठुलो पानी पर्यो र रायन र म बेस्मारी भिज्यौँ। बल्ल बल्ल ट्रेन स्टेसन पुगियो र ओत लाग्न सकियो।
पछि होटल पुगेपछि, उसले मलाई मेरो कोठामा पुर्याईदियो। मैले त्यो बेला उसलाई भने- "मेरो कारणले तिमीलाई आज धेरै गार्हो भयो। मलाई माफ गर। अनि तिमीलाई धेरै धन्यवाद छ। आज म धेरै खुशी छु।"

उसले मेरो हात समाउँदै भन्यो- "मलाई केहि दुख भएको छैन सागर। तिमी यहाँ आए देखी नै, तिमीले राम्ररी खान सकेको छैनौ। तिमीले खाना खाईसकेर उठेपछि म सधै तिम्रो भाँडाहरू हेर्थे र त्यसमा सधै आधा भन्दा बढि खान हुन्थ्यो। मेरो देशमा तिमीले राम्रो गरी खान पाएनौ भनेर मलाई एकदमै दुख लाग्थ्यो। आज तिमीले मजासँग खान खाएको र खुशी भएको देखेर तिमी भन्दा धेर खुशी त म भएँ।"

यति भनेर उ मसँग विदा मागेर आफ्नो कोठा तिर लाग्यो। उसको कुराले मलाई आनन्द महशुस भयो।

हामी हरेकका जिन्दगीमा थुप्रै मनछुने कथाहरू हुन्छन्। आम मान्छेहरूले ती कथाहरू कतै सुन्लान् वा पढ्लान्। तर असलमा हाम्रा मित्र उनीहरू हुन् जो हामी सँगै ती कथाका पात्रहरू हुन्छन्।

आज मित्रता दिवसमा म रायन र मेरा ती साथीहरूलाई सम्झन चाहन्छु जो मेरा जिन्दगीका यस्ता थुप्रै मनछुने कथाका पात्रहरू बनेका छन्। Happy Friendship Day!


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email