Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Nov 11, 2015

हातमै पड्केको पटका र सेकुवा



धेरै वर्ष अघि- आजकै दिन अर्थात लक्ष्मी पुजाको दिनको एउटा कथा सुनाउँछु। त्यो बेला म सानै थिए। घरको आँगनमा ममीले दियो बाल्दै हुनुहुन्थ्यो। सबै जना भुईतल्लामा नै थिए। माथिल्लो तल्लामा चाहि म र मेरो ठुलो बुवाको छोरा नबिन बसेका थियौँ। नबिन म भन्दा २ बर्षले भाई हो।
नबिन र म हाम्रो घरको बरन्डाबाट तल बालेका बत्तिको झिलिमीलि हेर्दै थियौँ। बरन्डाको रेलिङ्गमा पनि दियो बालिएको थियो। यत्तिकैमा नबिनले खल्तिबाट एउटा खोर्सानी बम झिक्यो। पटकाहरू मध्य सबैभन्दा सामन्य मानिने त्यो म आफै बालेर पड्काउन सक्थेँ। नबिनले भन्यो-"दाई, यो बमलाई यो दियोमा सल्काएर तल फ्याकिदिउँ न।"
मैले भने- हुदैन, तल मान्छे छैनन्। यस्तो मुला खुर्सानी बम त हात मै पड्काउन सक्छु।
नबिन छक्क पर्यो- साँच्चि?
मैले भने- ल ले म देखाईदिन्छु।
उसले मलाई खुर्सानी बम दियो। मैले उसलाई पछाडी सर्न भनेँ। उ पछाडी सर्यो। मैले दियोमा पटका सल्काएँ- अनि हातमा पटका राखेर, अनुहार भन्दा पर लगेँ। पटकाको घागो सल्किन थाल्यो। नबिनले दुवै हातले कान थुन्यो। मेरो त एउटा मात्र हात खाली थियो, त्यसैले भए नि एउटा कान थुने।
ड्याम!!!!
मेरो हातमै पटका पड्क्यो। मलाई त मेरो हात नै शरिरबाट चुडिएर गए जस्तो लाग्यो। मेरो हातमा झिल्काले लागेर पोलेछ। यस्तो दुख्यो। अब भाईको अगाडी रोईहाल्नु भएन। अँध्यारो भएर भने- पोल्यो यार।
नबिनले खोई हेरौँ भन्दै आईपुग्यो।
मेरो हत्केलाको बिचमा सानो प्वाल नै परेछ। धेरै गहिरो चाहि थिएन। नबिनले त्यसलाई नजिकै लगेर सुघ्यो र भन्यो-"दाई, सेकुवा जस्तै पो गनायो त।"
मैले नि सुघेँ। हत्केलाको मासु डढेछ, पोलेको मासुको गन्ध आयो। मैले भने- "हो रैछ है।"
अनि हामी बहुत हाँस्यौँ। किन भने त्यो हाम्रो लागी अचम्मको कुरा भयो। त्यसरी हाँसोमा मेरो हातको दुखाई पनि कम भयो। ममिहरूलाई भन्यो भने- उल्टै आफैले पिटाई खाने हुनाले नबिनलाई मैले यो कुरा कसैलाई नभन्न कसम खुवाए।
अनि हामी चुपचाप तल ओर्लियौँ।
तर भोलिपल्ट यो कुरा हल्ला चलिसकेछ। कतिलाई मैले नै भनिसकेछु, कतिलाई नबिनले भनेछ। भोलिपल्ट त सब मलाई- सागर सेकुवा खाईयो भनेर पो जिस्काउन थाले। म भने लाजले रातो पिरो हुन्थे।
आज पनि हरेक लक्ष्मी पुजामा जब दियो बालिन्छ अनि पटका पड्केको आवाज आउँछ, त्यो रमाईलो घटननाको याद आउँछ।
सबै जनालाई दिपावली को मंगलमय शुभकामना!


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email