Sagar Prasai
Sagar Prasai
Pin

latest blogs and articles

Oct 15, 2016

बब डिलनलाई साहित्यको नोबेल पुरस्कार



Bob Dylan

Bob Dylan

दस वर्ष अगाडी, १२ कक्षा पास गरेपछि पहिलोपटक एक साझ म ठमेल घुम्न गए। शुक्रबारको त्यो साझ गुड फ्राइडे मनाउने मान्छेहरूले गर्दा ठमेल एकदमैभिड थियो। व्हिल्चियर रोकेर यसो मजाले वरिपरिको माहोल हेर्न मिल्ने पनि स्थिती थिएन। खोला जस्तै बिस्तारै अगाडि बढीरहेको मान्छेको हुलमा हामी पनि अगाडि बढीरहनु पर्ने थियो।

त्यतिकैमा ड्रमको बिटमा कसैले घोर्ले स्वरमा चिच्याएर गित गाएको सुनियो। यसो हेर्दा नजिकै को घरको तेस्रो तल्लामा लाइभ म्युजिक सहितको रेस्टुरेन्ट रहेछ। गित यति मात्र बुझिन्थ्यो- नक नक नक अन दि हेभेन्स डोर।

म त्यती बेला पटक्कै अङ्ग्रेजी गित सुन्दिन थिए। आजकल पनि खासै सुन्दिन तर त्यती बेला अङ्ग्रेजी गितको नाममा भेङ्गा ब्वाइज को सलललल भन्ने मात्र थाहा थियो। तर ठमेलको गल्लिमा सुनेको "नक अन हेभेन्स डोर" मलाइ एकदम मन पर्यो।

त्यो बेला म मेरो घरबेटीको छोरालाई ट्युसन पढाउथे। उस्ले खुब अङ्ग्रेजी गित सुन्थ्यो। भोलिपल्टको क्लासमा मैले उसलाई त्यो गित को बारेमा सोधे। अनि उस्ले मलाइ त्यो बब डिलनको गित भएको बतायो। उस्ले डिलनका गितका शब्द एकदमै अर्थपूर्ण हुनाले धेरैले मनपराउने कुरा भन्दै मैले उनको बारेमा नसुनेकोमा आश्चर्य मान्यो।

त्यसपछि त्यही भाइ सङ्ग मागेर मैले बब डिलनका केही गितहरु सुने। गितमै सुनेर त शब्द कहाँ पो बुझिन्थ्यो र! तर त्यो भाइले कपिमा लेख्देको शब्द पढ्दै गित सुन्दा चाहिँ मलाई ती गित एकदम राम्रो लागे। मलाइ सधै उनका गितहरु, गित भन्दा बढि कविता जस्ता लाग्थे। र बब डिलन गायक सगै एक राम्रा कवि पनि रहेछ्न जस्तो लाग्थ्यो। तर मैले आफ्नो मनमा लागेको कुरा भाइलाई भनिन- जिस्काउला कि भनेर।

तर हिजो तिनै बब डिलनले साहित्य तर्फको नोबेल पुरस्कार पाए रे भनेको सुन्दा मलाइ खुशी लाग्यो। र दस बर्ष अगाडिको यो प्रसङ्ग पनि याद आयो। बब डिलन लाई बधाइ र धन्यवाद - साहित्य र सङ्गितलाइ जोड्न सकिन्छ भनेर सन्सारलाइ बुझाउन सकेको मा।


Sagar Prasai is a social activist from Nepal who has been advocating for rights of people with disabilities of Nepal for over 10 years. He uses social media to inspire and motivate many people.

Please use the social links below to know more about him and contact him.

Twitter Facebook linkedin YouTube Documentary Bio Email