
त्यहाँबाट फर्केर होटल जानेबेलामा एकदमै ठुलो पानी पर्यो र रायन र म बेस्मारी भिज्यौँ। बल्ल बल्ल ट्रेन स्टेसन पुगियो र ओत लाग्न सकियो।
पछि होटल पुगेपछि, उसले मलाई मेरो कोठामा पुर्याईदियो। मैले त्यो बेला उसलाई भने- "मेरो कारणले तिमीलाई आज धेरै गार्हो भयो। मलाई माफ गर। अनि तिमीलाई धेरै धन्यवाद छ। आज म धेरै खुशी छु।"
जिवनमा धेरै महत्वाकांक्षा लिएर हिडेकी हेजी एक्कासी अपाङ्ग हुनुपर्दा धेरै कष्ट बेहोर्नु परेछ। ३ वर्ष त उनी बेडमा सुतिरहिन् रे। अष्ट्रेलिया बाट फर्किन्, अपाङ्गताकै कारणले पतिले छोडे, पढाई छुट्यो, साथी छुटे। कति पल्ट त मर्न मन पनि लाग्थ्यो रे तर हात कमजोर भएकाले गर्दा मर्न पनि सकिनन् रे।